२०७८ जेष्ठ १ गते शनिवार
२०७८ जेष्ठ १ गते शनिवार

सुर्खेतका ३ जनामा पनि कोरोना भाइरस संक्रमण

सुर्खेत, 
१० जेठ । कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ पुगेको छ । भारतबाट सुर्खेत आएका तीन जनामा आज कोरोना संक्रमित भएको पुष्टी भएको हो ।

संक्रमित हुनेहरुमा सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उनका अनुसार तीनै जनाको कोरोना विशेष अस्पताल कालागाउँमा राखिएको छ, भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टी भएका तीनै जना जेठ ८ गते भारतबाट फर्किएका थिए ।

बबर्इमा गरिएको आरडीटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा राखिएको थियो । सुर्खेतमा गरिएको पीसीआर परीक्षण संकास्पद आएपछि पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्ज गरिएको पीसीआर परीक्षण समेत पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि कोरोना विशेष अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।