२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सर्लाहीमा मात्रै १३ जना कोरोना संक्रमित थपिए

मलंगवा,
१० जेठ । सर्लाही गोडैता नगरपालिकामा १२ र कविलासी नगरपालिकामा १ गरेर शनिबार १३ जना कोरोना भाइरस संक्रमित भेटिएको छ। १३ जना थप भएसँगै जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ।

गोडैता नगरपालिकाको वडा नं। १ का २८ वर्षीय, २ का २० वर्षीय, ३ का २२ वर्षीय, ५ का ३५ वर्षीय, ८ का २०, २१ वर्षीय, ११ का १८, २०, २६, २६, र ३३ वर्षीय र १२ का २३ वर्षीयहरु रहेका छन्। सबैजना भारतको विभिन्न शहरबाट आएको नगरपालिकाले जनाएको छ। संक्रमितहरु अहिले स्थानीय तहले बनाएको क्वारेन्टाइनमा नै बस्दै आएको मेयर देवेन्द्र यादवले जानकारी दिएका छन्।