२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

बाँकेको नरैनापुरमा मात्रै १ सय १३ जना संक्रमित

नेपालगन्ज,
१० जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार मात्रै २७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

दाङस्थित राप्ती विज्ञान प्रतिष्ठान अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एउटै पालिकामा एकैदिन २७ जनामा संक्रमण देखिएको हो । योसँगै नरैनापुर गाउँपालिकामा मात्रै संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

नरैनापुरस्थित मदरसाका ६, नरैनापुर ३ राष्ट्रिय प्रावि गेगलीमा क्‍वारेन्टाइनमा बसेका १५ र नरैनापुर १ राष्ट्रिय प्रावि महतेनीयाको क्‍वारेन्टाइनमा रहेका ६ जनामा शनिबार संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

व्यवस्थित क्‍वारेन्टाइन नहुँदा संक्रमण बढेको चिकित्सकहरुले जनाएका छन् ।