२०७९ चैत्र १ गते बुधवार
२०७९ चैत्र १ गते बुधवार

प्रहरी जवानमा संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल

नेपालगञ्ज, 
१० जेठ । बाँकेको नरैनापुरका गाउँपालिकाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टी भएको छ ।

कालाफाँटा प्रहरी चौकीमा कार्यरत जवानलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनलाई अहिले नेपालगञ्जस्थित कोरोना अस्पतालमा ल्याउँने तयारी भएको छ । कोरोना पुष्टी भएको खबर लगत्तै उक्त प्रहरी चौकीलाई सिल गरिएको उनले जानकारी दिए ।

‘कोरोना देखिएका जवानलाई नेपालगञ्ज ल्याउँदै छौं’ प्रहरी नायब उपरीक्षक सिंहले भने,‘चौकी सिल गरेका छौं । त्यहाँ रहेका अन्य प्रहरीलाई भोली पीसीआर परीक्षण गरेर क्वारेन्टिनमा राख्छौं ।’

बाँकेमा पहिलोपटक प्रहरीलाई कोरोना देखिएको हो ।