२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पुस्तैनी विषयमा क्‍वारेन्टाइनभित्रै कुटपिट हुँदा एक जना घाइते

रुपन्देही, 
११ जेठ । रुपन्देहीको कोटहीमाई ४ मझगांवास्थित मझगांवा माविको क्‍वारेन्टाइनभित्र झगडा हुँदा एक जना घाइते भएका छन् ।

क्‍वारेन्टाइनमा एकै कोठामा बसेका ५ मध्ये ४ व्यक्तिले एकजनालाई कुट्दा उनी घाइते भएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए । पुस्तैनी विषयमा विवाद गरी झगडा गरेका रहेछन्, उनले भने, घाइतेलाई भैरहवा लगी सामान्य उपचारपश्चात अर्को क्‍वारेन्टाइनमा सारियो ।

अन्य ४ जनालाई ईलाका प्रहरी कार्यालय मझगांवामा क्‍वारेन्टाइन अवधि सकिएर निस्किएपछि सार्वजनिक मुद्दा लगाउने वा सुध्रिएमा एकपटकलाई माफी दिने गरी मुचुल्का बनाई पुनः क्‍वारेन्टाइनमै ल्याइएको घिमिरेले बताए ।

भारतबाट आएका उनीहरु क्‍वारेन्टाइनमा बसेको १४ दिन पुगिसकेको छ । तर पीसीआर परीक्षण नहुँदा घर पठाउन नपाइएको उनले जनाए ।