२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

ग्वारखोलामा रोकिराखेको स्काभेटरमा आगजनी

तुलसीपुर,  
११ जेठ । दाङमा रोकिराखेको स्काभेटरमा आगजनी भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ग्वारखोलाबाट नदिजन्य पदार्थ उत्खननमा प्रयोग गरिएको एकाभेटरमा आगजनी भएको हो ।

गएराति १२ बजेतिर ग्वारखोलाको माथिल्लो हलवार क्षेत्रमा राखिएको स्काभेटरमा आगजनी भएको ईलाका प्रहरी कार्यालय तुलसीपरका प्रहरी निरीक्षक चक्रडम्मर पालले बताए ।

उपमहानगरपालिकाले उत्खनन् खुल्ला गरेपछि टेण्डरबाट ठेक्का पाएको दुर्गा कन्ट्रक्सनको स्काभेटर रहेको उनले बताए । आगजनी कस्ले गर्यो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

-फाइल फोटो