२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सर्पले डसेपछी धामीझाँक्री पर्खदा बालिकाको मृत्यु

दाङ,
११ जेठ । दाङको देउखुरीमा सर्पले डस्दा एक वालिकाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धन बहादुर कुमालकी ९ बर्षिया छोरी रेश्मा कुमालको मृत्यु भएको हो ।
शनिबार अपरान्ह चार बजे आफ्नो आमासङ्गै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो ।

सर्पले डसेको थाह पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउने तर्फ लागे तर धामीझाँक्री आउँदा सम्म उनको मृत्यु भैसकेको थियो ।