२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीको कृत्रिम तालमा डुबेर एक युवकको मृत्यु

दाङ, 
११ जेठ । दाङमा कृत्रिम तालमा डुबेर एकजना युवकको ज्यान गएको छ ।

प्रारम्भिक जानकारी अनुसार घोराही उपमहानगरपालिका–१७ स्थित उक्त तालमा रोल्पाको रुण्टिगढी गाउँपालिका–९ रुन्टी घर भई हाल घोराहीको गुलरिया बस्दै आएका २२ वर्षीय विजय केसीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घुम्न गएका युवक चिप्लिएर तालमा खसेर डुवेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा प्रहरी पुगेको र शव तालबाट निकालिएको छ ।

उक्त तालमा यसअघि पनि घोराहीका एकजनाको डुवेर मृत्यु भएको थियो ।