नेपालगन्ज,
११ जेठ । शनिबार बाँकेमा कोरोना भाइरस भेटिएकामध्ये संक्रमितहरूको सुरक्षाका लागि खटिएका एक सुरक्षाकर्मी र स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
नरैनापुर–३ कालाफाँटा प्रहरी चौकीका एक जना प्रहरी र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्ड खटिएकी नर्समा संक्रमण देखिएको हो । कालाफाँटाको प्रहरी चौकीमा २३ जना प्रहरी कार्यरत छन् ।
शनिबार नरैनापुरमा २७ जनामा कोरोना संक्रमण देखिएको थियो । अन्य सुरक्षाकर्मीहरुको कोरोना रिपोर्ट आउन बाँकी छ । एक जनामा कोरोना पुष्टि भएपछि प्रहरी चौकी सिल गरी अन्यलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै खजुरास्थित आइसोलेसन वार्डमा खटिएकी नर्सलाई पनि आइसोलेसनमा राखिएको भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले बताए ।
नरैनापुरमा १ सय १४ जनासहित बाँकेमा संक्रमितको संख्या १ सय ४२ पुगेको छ ।