२०७८ कार्तिक ८ गते सोमवार
२०७८ कार्तिक ८ गते सोमवार

कोरोना जितेर पनि घर जाने भाडा नहुँदा अस्पतालको गेटमै बास

कपिलवस्तु, 
११ जेठ । कोरोनासँग विजय प्राप्त गरेका कपिलवस्तुका ५ जना रातभर लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा वास बस्नु परेको छ।

शनिबार कपिलवस्तुका १० जना संक्रमितले कोरोनालाई विजय प्राप्त गरी डिस्चार्ज भएका थिए। उनीहरु मायादेवी गाउँपालिकाका ४ जना, यशोधरा गाउँपालिकाका ३ जना कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउपालिका र वुद्धभूमि नगरपालिकाका १ जना रहेका थिए। मायादेवी गाउँपालिकाका ४ र शुद्धोधन गाउँपालिकाका १ जनालाई राति नै एम्बुलेन्सले उद्धार गरेको थियो। बाँकी ५ जनाले अस्पतालको गेटमै रात बिताउनु परेको थियो।

उनीहरूलाई बुटवल घागो कारखाना कोरोना विशेष अस्पतालले साझ डिस्चार्ज गरेको थियो। राति सात बजेतिर खाना खायौँ। हामीलाई प्रदेशिक अस्पताल बुटवल ल्याएर त्यहाँबाट व्‍यवस्था मिलाउने भनेको थियो, तर राति अबेरसम्म कसैले पनि वास्ता गरेन कपिलवस्तु नगरपालिका ३ का कोरोना विजयी राजकुमार यादवले सुनाए।

यता मायादेवी गाउँपालिकाले राति नै एम्बुलेन्स पठायो। हामी रातभर मच्छड धपाउँदै बस्नुपर्‍योु यादवले बताए।