२०७७ माघ ११ गते आइतवार
२०७७ माघ ११ गते आइतवार

दंगीशरणको क्वारेन्टाईनमा आज मात्रै १३ जना थपिए

दंगीशरण,  
११ जेठ । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा आज थप १३ जनालाई राखिएको छ । उनीहरुमध्ये कोहि बाहिर जिल्ला र कोहि भारतबाट आएकाले एम्बुलेन्स मार्फत सिधैँ क्वारेन्टाईनमा पुर्याएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए।

क्वारेन्टाईनमा भर्ना गरिएकाहरुमा दंगीशरण गाउँपालिका वडा नम्बर ७ रजपलका १८ बर्षका एक पुरुष, वडा नम्बर ५ मौलीका एकै घर परिवारका २० बर्षीया, १५ बर्षिया पूरुष , डेढ बर्षीया बच्चा सहित १८ बर्षकी महिला, ४८ बर्षीय एक महिला गरि एकै घर परिवारका ५ जना बाराको कलैयादेखी आएका हुन् ।

यस्तै वडा नम्बर ६ प्रसडुवाका ५४ बर्षीय, २० बर्षीया र १५ बर्षीया पुरुष सर्ला्हिबाट आएको खुलेको छ । यस्तै दंगीशरण ७ बुट्टीपुरका ३८ बर्षिया र २४ बर्षिय पुरुष उत्तर प्रदेश भारतबाट आएको खुलेको छ । भने दंगीशरण गाउँपालिका वडा नम्बर १ बाँकिका १९ बर्षका एक पूरुष दिल्लीदेखी आएको स्वास्थ्य शाखा प्रमुख गिरीले जानकारी दिए । क्ववारेन्टाईनमा १३ जना थप भएपछि अहिले जम्मा १८ जना रहेका छन् ।

बाहिरबाट आउने नागरीकहरुको संख्या दिनानुदिन बढेमा दंगीशरणका क्वारेन्टाईन अपुग हुने भन्दै क्वारेन्टाईनको संख्या बढाईने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

कामको शिलशीलामा बाहिर गएका नागरीकहरु घर फर्कने भन्दै सम्पर्कमा आएपछि उनीहरुलाई सतर्कता पूर्वक ल्याई क्वारेनटाईनमा राख्ने काम भईरहेको अध्यक्ष चौधरीले बताए ।

अहिले दंगीशरणको विरेन्द्र माविमा २५ बेडको क्वारेन्टाईन स्थापना गरिएको छ ।

यसैबिच महोत्तरीको बिर्तामोडको क्वारेन्टाइनबाट भाग्ने एक पुरुषलाई दाङको दंगिशरणमा ल्याइएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर २ सिमलकुनाका ५२ बर्षका पूरुषलाई दंगिशरणको क्वारेन्टाइनमा पुर्याइएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ ।