२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

सल्यान बागचौरका ५५ वर्षिय पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ

सल्यान, 
११ जेठ । सल्यानको बागचौर नगरपालिकाको क्वारेन्टिनमा बसेका एकजनाको कोभिड १९ को आरडिटि रिपोर्ट पोजेटिभ आएको छ। नगरपालिकाको सरस्वती आधारभुत बिद्यालय ठिनबाङको क्वारेन्टिनमा बसेका ५ जनामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

जनकल्याण क्याम्पस थारमारेमा आज आइतबार गरिएको आरडिटी परिक्षणमा ठिनबाङका ५५ वर्षिय एक ब्यक्तीमा आरडिटी पोजेटिभ देखिएको बागचौर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हरि बहादुर कठाएतले बताएका छन।

पोजेटिभ रिपोर्ट आएका ती ब्यक्ती केहिदिन अघि रामेछापदेखि आएका थिए।अहिले उनी सहित उक्त क्वारेन्टिनमा बसेका अन्य ४ जनाको पिसिआरद्वारा परिक्षण गर्नका लागी स्वाब संकलन गर्ने तयारी भैरहेको स्वास्थ्य शाखा संयोजक कठायतले बताए।

जिल्ला स्वास्थ सेवा कार्यालयबाट स्वाब संकलनको लागि सामाग्री आईसकेको समेत उनले बताएका छन । संकलन गरिएको स्वाब प्रदेश राजधानी सुर्खेत वा दाङ मध्ये एकठाउँमा पठाईने कठायतले बताए।