२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

विद्यालय सञ्चालनमा गरेर एसइई स्थगित गर्न सुझाव

काठमाडौं, 
११ जेठ । शिक्षाविद्हरुले विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसइईको परीक्षा स्थगन गर्न सुझाव दिएका छन्।

कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ।

लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु गर्न विज्ञहरुले सुझाव दिएका छन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आइतबारको बैठकमा विज्ञहरुले एसइईको परीक्षा स्थगित गर्न र विद्यालयलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्न सुझाव दिएको खबर सेतोपाटीमा प्रकाशित छ ।