२०७७ माघ ११ गते आइतवार
२०७७ माघ ११ गते आइतवार

अब राजाको तस्वीर भएको नोट नचल्ने

काठमाडौं,
११ जेठ । अब राजाको तस्वीर भएको नोट चलनचल्तीबाट हट्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो ।

ती नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन भने सक्नेछन् । बैंकमा आएका त्यस्ता नोटहरु बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष रहेको जुनसुकै बैंकमा गएर ती नोटहरु बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।