तुलसीपुर,
१२ जेठ । काठमाडौंमा रहेका तुलसीपुरका एक संक्रमितले कोरोना जितेका छन् । २ महिनादेखि बहिनी जुवाँईको उपचारका क्रममा काठमाडौमा रहेका उनलाई शिक्षण अस्पतालमा रहँदा संक्रमण भएको थियो ।
जेठ २ गते कोरोना पोजेटिभ भएका तुलसीपुर उपमहानगरपालिका ४ का ४७ वर्षिय संक्रमित व्यक्ति ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
९ दिनपश्चात उनको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना नेगेटिभ भएका उक्त व्यक्तिलाई उनको घरसम्म ल्याउने तयारी भइरहेको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।