दाङ,
१२ जेठ । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले इस्लाम धर्माबलम्बीहरुको पर्व इदको अवसरमा शुभकामना दिएका छन् ।
उनले समाजमा हरेक धर्माबलम्बीहरुका बीचमा समान अस्तित्व स्थापना हुन जरुरी रहेको बताए । सबै धर्म र समुदायका बीचमा आपसी सदभाव, भाइचारा कायम रहेमा मात्रै कुनैपनि मुलुकमा लोकतन्त्र बलियो बन्ने उनले विश्वास व्यक्त गरे ।
विद्यमान परिस्थितमा विश्व जगत कोभिड – १९ को महामारीसंग जुधिरहेको हुँदा परिस्थितिलाई मध्यनजर गर्दै इद मनाउन सभापति खड्काले मुस्लिम समुदायलाई आग्रह पनि गरेका छन् ।
घरमै बसेर, दुरी कायम गरि पर्व मनाउँदा कोरोना भाइरसको जोखिमबाट जोगिन सकिने उनले सुझाएका गरेका छ्न ।