२०७७ कार्तिक १५ गते शनिवार
२०७७ कार्तिक १५ गते शनिवार

मलेसियामा एउटा हात गुमाएका केसीलाई आर्थिक सहयोग

राम प्रसाद सुवेदी,
मलेसिया १२ जेठ । मलेसियामा काम गर्ने क्रममा मेसिनमा हात च्यापिएर एउटा हात गुमाएका रामेछाप दिमपोखरी ९ का अन्तरे केसीलाई आर्थिक सहयोग गरिएको छ। मलेसियामा रहेका विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट करिब १२ हजार ७ सय पचास रिङ्गेट सहयोग गरिएको मलेसियाबाट सैलेस सौगातले जानकारी दिएका छन् ।

मलेसियाको इपो पेराक राज्यको एमएसबिबि कम्पनीमा कार्यरत केसिले सन् २०१९ अक्टोबर १८ तारिख काम गर्ने क्रममा मेसिनमा च्यापिएर एउटा हात गुमाएका थिए ।

हाल केसिको कम्पनीको सक्रियतामा मलेसियामा उपचार भैरहेको छ। मलेसियामा उपचार खर्च कम्पनीले बेहोरिरहेको भएपनी उपचार पश्चात् कृतिम हात राख्न कम्पनीले १०% मात्र रकम बेहोर्ने जानकारी दिईएको र त्यसकै लागी शुशिला दंगल, लक्ष्मी तामाङ र निशा मगरको सक्रियतामा सहयोग अभियान सञ्चालन गरेर सहयोग सङ्कलन गरी हस्तान्तरण गरिएको बताईएको छ ।