२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

संक्रमित भेटिएपछि घोराहीको एक टोल सिल

दाङ, 
१२ जेठ । घोराही उपमहानगरपालिका ९ को भगुवार गाउँको गुरैयाँ टोललाई सिल गरिएको छ ।

काठमाडौ स्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका भगुवारका एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि गाउँलाई सिल गरिएको हो । गएको चैत्र १० गते दाङ आएका उनि जेठ १ गते काठमाडौ फर्किएका थिए ।

काममा जाने क्रममा अपार्टमेन्टले स्वास्थ्य जाँच गराएपछि उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि दाङ स्थित घर रहेको गाउँलाई सिल गरिएको हो । १७ घरधुरी रहेको गुरैयाँ टोलका नागरिकहरुलाई बाहिर निस्कन र बाहिरबाट गाउँ प्रबेशमा रोक लगाईएको वडा अध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

वडा अध्यक्ष बस्नेत, सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक महेन्द्र सेन, स्वास्थ्यकर्मी र टोलबासीहरुले उक्त टोललाई सिल गरेका हुन् । ति व्यक्तिलाई कसरी र कहाँबाट संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् । दुई महिना घर बस्दा उनि विभिन्न ठाउँहरुमा गएको बताईएको छ । अहिले उनले भेटेका व्यक्ति र गएका ठाउँका नागरिकहरु त्रसित भएका छन् । उनलाई टेकु अस्पतालको आइसोलेशनमा राखिएको छ ।