२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना रोकथाममा सावधानी अपनाउन उच्च अदालतको आदेश

बाँके,
१२ जेठ । उच्च अदालत तलुसीपुर, नेपालगन्ज इजलासले कोरोना रोकथाममा पर्याप्त सावधानी अपनाउन आदेश दिएको छ । यससँगै अदालतले सोमबार ११ बुँदे आदेश जारी गरेको हो ।

आदेशअनुसार क्वारेन्टाइन आइसोलेसन सञ्चालन, वृद्धवृद्धाका लागि घर दैलोमा सामाजिक सुरक्षा भत्ता, सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक, सरोकारवालासँगको परामर्शमा कोरोना महामारी रोकथाम न्यूनिकरण नीति निर्देशिका तत्काल बनाइ कार्यान्वयन गर्न, सिमा नाकामा प्रभावकारी सुरक्षा व्यवस्था अपनाउन, नेपाल आउनेहरुको लागि अनिवार्य क्वारेन्टाइनको व्यवस्थापन लगायत बुँदा छन् ।

नेपालगन्ज बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता सुनिल कुमार श्रेष्ठ, बसन्त गौतम, सुरेश कुमार गौतम, प्रहलादबहादुर कार्की, रामकुमार दिक्षित, प्रभाकर भट्टराई, पत्रकार पोषण केसी, मानव अधिकारकर्मी कृष्ण मुरारी, प्रसाद भट्ट, लक्ष्मी तिवारी लगायतले संयुक्त रुपमा उच्च अदालतमा निवेदन दायर गरेका थिए । रिटमा बाँके र बर्दियाका सबै स्थानीय तह, प्रहरी प्रशासन र प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय लगायतका ३७ निकायलाई विपक्षी बनाइएको खबर कान्तिपुरमा प्रकाशित छ ।