२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोना विशेष अस्पताल बेलझुण्डीमा २२ संक्रमितको उपचार हुँदै

तुलसीपुर, 
१२ जेठ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप ४ जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ ।

योसंगै अस्पतालमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । रुपन्देही ३ र बर्दियाबाट १ जना कोरोना संक्रमित आएपछि संक्रमितको संख्या २२ पुगेको अस्पताल कर्मचारी व्यवस्थापन समितिका सदस्य दोर्ण वलीले जानकारी दिए ।

सबै सक्रमितिको संख्या सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । कोरोना विशेष अस्पतालमा दाङका ३ जना, कपिलवस्तुका ६ जना, बाँकेका ८ जना, बर्दियाका २ जना रुपन्देहीका ३ जना रहेका छन् ।