२०७८ साउन १३ गते बुधवार
२०७८ साउन १३ गते बुधवार

नारायणी अस्पतालबाट कोरोना जितेर ४३ जना घर फर्किए

वीरगञ्ज, 
१२ जेठ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।

दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । ४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए ।

गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।