गुल्मी,
१३ जेठ। गुल्मीमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएका एक जना गाउँपालिका अध्यक्ष समेत भएको खुलेको छ।
गाउँपालिका अध्यक्षमा संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका मानिसको कन्ट्रयाक्ट ट्रेसिङ गर्न सुरु गरिएको छ। अध्यक्षसँग सिडिओदेखि जिल्लाका प्रहरी अधिकृतसमेत सम्पर्कमा आएका थिए। संक्रमित भएका गाउँपालिकाका अध्यक्ष कार्यालयको क्वाटरमा नै बस्दै आएको खुलेको छ।
उनीसँग सम्पर्कमा आएका कर्मचारी र प्रहरीको पनि स्वाव संकलन गरिएको छ। यसअघि गुल्मीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।