२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

प्यूठान,
१३ जेठ । क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–६ की २६ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नो परिवारसँगै भारतको लुधियानाबाट जेष्ठ ८ गते प्यूठान आएकी थिइन् ।

श्रीमान, आमा, भाइ, छोराहरुरसँगै चिरायु मावि, बिजुलीको क्वारेन्टाइनमा बसेकी उनी भारतमै रहँदादेखि ब्रेन ट्युमरको बिरामी रहेको परिवारले जनाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

क्वारेन्टइनमा बसेको अवस्थामा मृत्यु भएकाले सदगद कसरी गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए ।