तिर्थराज ज्ञवाली,
देउखुरी १३ जेठ । दाङको राप्ती गाउँपालिका क्षेत्रमा समेत मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएकोमा नियन्त्रणका लागि प्रयास सुरु गरिएको छ ।
प्रसस्त मात्रामा मकै खेति रहेको राप्ती गाउँपालिका क्षेत्रको वडा नं १, २, ४, ५ र ९ मकै खेतिको राम्रो सम्भावना रहेका र सो क्षेत्रमा फौजी किराको प्रकोप देखीन थालेपछि राप्ती गाउँपालिका कृषि प्रसार शाखाबाट किरा रोकथामको लागि काम सुरु गरिएको प्राविधिक सहायक वरसाति गडरियाले जानकारी दिएका छन् ।
राप्ती गाउँपालिकामा मकै सुपरजोनले सिफारीस गरेका औषधि र कोवरा नामक बायो किटनासक औषधि साथै किङस्टार र किटोप नामक विषादी तथा स्प्रेयर वडा मार्फत वितरण गरिएको छ । लकडाउनको अवस्थामा आवश्यकता अनुसार रोग किरा भगाउन वा मार्ने औषधि उपलब्ध गराउन नसकिरहेको अवस्थामा गाउँपालिकाले कृषकलाई आवश्यकता अनुसार औषधि उपचारको ब्यवस्थाका लागि प्रयास गरिरहेको बताईएको छ ।
यसै विच विकास कोष नर्वेको सहयोगमा नामसालिङ विकास केन्द्र ईलामले संचालन गरिरहेको ‘एकीकृत सामुदायिक विकास परियोजना’ को दाङ कार्यक्षेत्रमा पर्ने वडा नं १ र ९ का मकै कृषकलाई परियोजनाका लाभान्वित १०० साना किसानको करिव १५ हेक्टर जमिनमा पुग्ने विषादी गाउँपालिकाको कृषि शाखासंगको समन्वयमा वितरण गरिएको छ ।
विषाधिको उपयोग गर्दा अपनाउनु पर्ने सुरक्षा सावधानी सम्बन्धि सचेत गराउदै नामसालिङ द्धारा कृषकलाई विषादी वितरण गरिएको छ । मकै खेति गर्नुभएका कृषकले आफ्नो खेत बारीमा समेत त्यस्तो फौजि किराको लक्षण देखा परे वडा मार्फत कृषि प्रसार शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।