२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भारतबाट आवागमन बढेकाले कोरोना भित्रियो : मुख्‍यमन्‍त्री

बुटवल, 
१३ जेठ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतबाट श्रमिकको आवागमन बढेकाले प्रदेशमा संक्रमितको संख्या थपिएको बताएका छन् । प्रदेशसभाको बैठकमा कोरोनाको तयारीको विषयमा जानकारी दिँदै पोखरेलले भारतले क्वारेन्टाइनमा राख्ने काम नगरेपछि संक्रमण फैलिएको बताए ।

‘भारतले नेपाल आउन चाहनेलाई सीमामा ल्याएर छाडिदिने गरेको छ । कमजोर सीमा क्षेत्रमा छाडिदिँदा भित्रिने क्रम बढ्यो । भारतले क्वारेन्टाइनमा राख्न नसकेपछि सीमामै राख्न उपयुक्त नभएर नेपाल भित्रिएका छन्’, उनले भने ।

मुख्यमन्त्री पोखरेलले संक्रमण बढ्दै जादा त्यस अनुरुपको तयारी सरकारले गरिरहेको जानकारी दिए । ‘नेपालकै ५० प्रतिशत क्षमताको क्वारेन्टाइन प्रदेश ५ मा बनाएका छौं । नेपालभरको आधा संख्या हामीले राखेका छौं । प्रदेशले काम गरेकै कारण ठूलो संख्यामा क्वारेन्टाइनमा राख्न सकेका हौं, उनले भनेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।