२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

ईट्टाभट्टाबाट आएका २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

दाङ, 
१३ जेठ । देउखुरीको गढवामा २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । गढवा गाउँपालिका वडा नम्बर १ स्थित जेठान गाउँको सामुदायिक क्वारेन्टाइनमा बसेका सोही वडाका २३ वर्षिया महिला र ३१ वर्षिय पुरुषमा र्यापिट टेस्ट पोजेटिभ देखिएको छ ।

उनीहरुको र्यापिट टेष्ट पोजेटिभ आएपछी पिसिआर गर्ने तयारी भएको छ। उनीहरु केही दिन अघि कपिलवस्तुको चन्द्रौटा स्थित ईट्टाभट्ठाबाट गाउँ फर्किएका थिए ।

गाउँपालिकाले ती दुई जना सहित २१ जनालाई गढवा गाउँपालिका वडा नम्बर १ स्थित जेठान गाउँको सामुदायिक क्वारेन्टाइनमा राखेको थियो । गढवा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले दिएको जानकारी अनुसार अहिले विभिन्न क्वारेन्टाइनमा गरेर २ सय ९२ जना बसेका छन ।