काठमाडौं,
१३ जेठ । रूकुम पश्चिमस्थित चौरजहारी नगरपालिका वडा नम्बर ८ मा गत शनिबार भएको घटना दलित समुदायमाथिको हिंसा भएको नेपाली कांग्रेसले बताएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर रूकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा कांग्रेसले लिएको उल्लेख गरेका छन्।
‘कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न कांग्रेस माग गर्दछ,’ शर्माले भनेका छन्।
गत शनिबार जाजरकोटका नवराज विक आफ्ना १८ जना साथी लिएर प्रेमिकाको घर चौरजहारी पुगेका थिए। उनीहरूमाथि वडाध्यक्षकै नेतृत्वमा आक्रमण भएको आरोप छ। घटनामा नवराजसहित तीनको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।
विज्ञप्ति :