२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बेलझुण्डी अस्पतालमा ६ जिल्लाका २७ जना संक्रमित

दाङ,  
१३ जेठ । दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मंगलवारसम्म २७ जना संक्रमितलाई राखिएको छ । दाङसहित, बाँके, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, लगाएका जिल्लाका गरी २७ जनालाई उपचारका लागि राखिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

कोरोना अस्पतालमा दाङका ३, बाँकेका ८, कपिलबस्तुका ६, बर्दियाका ४, रुपन्देहीका ४ र अर्घाखाँचीका २ जनाको उपचार भइरहेको चन्दले बताए । दाङको कोरोना विशेष अस्पताल १०० बेडको हो । हालसम्म सबैको अवस्था सामान्ने रहेको उनले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेश भरका कोरानाका संक्रमित विरामीहरुलाई उपचार गर्न सकिने गरि बेलझुण्डीमा कोराना विशेष अस्पताल स्थापना गरेको थियो ।