२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

दंगीशरणमा १८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

दिप्तीशिखा चौधरी,
दंगीशरण १३ जेठ । दंगीशरण गाउँपालिकामा बाहिरबाट आउने मानिसहरुको संख्या बढेसँगैं २५ बेडको क्वारेन्टाईन थप गरिएको छ । दंगीशरण गाउँपालिका वडा नं ६ मा रहेको शिद्धपृथ्वी जनता माध्यामिक विद्यालयमा मंगलबार २५ बेडको क्वारेन्टाईन थप गरिएको दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिएका छन ।

विरेन्द्र माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाईनमा अटाउँन सक्ने क्षमता नभएपछि मंगलवार श्रीगाउँमा क्वारेन्टाईन निर्माण गरिएको अधिकृत पौडेलले बताए । यसैबिच विरेन्द्र माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाईनमा थप १८ जनालाई भर्ना गरिएको छ । भर्ना हुनेमा बाहिर जिल्लासँगै भारतबाट आएका मानिसहरु रहेको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख गिरीका अनुसार दंगीशरण ४ का १८ बर्षका, २० बर्षका दुई पुरुष, २० बर्षका एक महिला बाँकेदेखि आएका र ४५ बर्षका एक पुरुष भारतबाट आएको र ६१ बर्षका काठ्मान्डौबाट आएका छन ।

त्यस्तै दंगीशरण १ छरकट्टाका २८ बर्षका, ४० बर्षका र २१ बर्षका तीन पुरुष भारतबाट आएका छन। त्यस्तै ३ का १७ बर्षका र २० बर्षका दुई पुरुष काठ्माण्डौबाट आएका र ४० बर्षका एक पुरुष भारतबाट आएका रहेका छन । ३ कै ४५ बर्षका एक पुरुष काठमाण्डौं आएका छन भने १८ र ४० बर्षका दुई जना पुरुष भने भारतबाट आएका छन ।

यसैबिच यसअघि क्वारेन्टाईनमा भर्ना भएका १८ जनाको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएपनि गाउँपालिकामा कोरोना संक्रमण हुनबाट बच्नका लागि सतर्कता पूर्वक बस्न आग्रह गरेको छ ।