२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

दाङ, 
१३ जेठ । औषधि व्यवसायी दाङले लकडाउन लम्बिदै जाँदा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री अभाव भएपछि सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, दाङ जिल्ला कमिटीले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई मास्क, पञ्जा, स्यानिटाइजर सहयोग गरेको छ ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष देवु बस्नेतले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगी र प्रवक्ता चक्रडम्वर पाललाई मास्क, ग्लोव्स, स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

सामाग्री हस्तान्तरण गर्न नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष, देवु बस्नेत, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ दाङका सचिव हेमराज पन्त, कोषाध्यक्ष तथा भ्याली सिद्धार्थ पोलिक्लिनिकका एमडी कर्णबहादुर ओली शिशिर, भ्याली सिद्धार्थ पोलिक्लिनिकका अध्यक्ष अमित शर्मा, कञ्चन आयुर्वेद क्लिनिकका डा. कैलाश न्यौपाने, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश ५ का महिला उपाध्यक्ष सुमित्रा थापा, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ दाङका उपाध्यक्ष, अर्जुन गौतम लगायत पुगेका थिए ।