तुलसीपुर,
१४ जेठ । तुलसीपुरमा अति आबश्यक बाहेकका पसलहरु बिहिबार र आईतबार दुईघण्टा खुल्ने भएका छन ।
दैनिक खुल्दै आएका किराना र खाधान्नका पसलहरु सो समयमा बन्द गरेर सामाजिक दुरी ब्यबस्थापन गर्ने बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिए ।
लामो समयको लकडाउनका कारण मारमा परेका व्यवसायिहरुलाई बिभिन्न निकायहरुसँगको समन्वयमा तुलसीपुर उधोग बाणिज्य सघंले गरेको निर्णयबाट केहि हद सम्म सहज बनाउने अपेक्षा गरिएको छ ।
यस अघि स्थानिय सरकारले बुधबार र शनिबार बिहान हार्डवयरका पसलहरु खोल्ने निर्णय गरिसकेको छ ।