२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

श्रीमतीले आत्महत्या गरेपछि श्रीमान पक्राउ

शान्तिनगर,
१४ जेठ । श्रीमतीको मृत्यु संकास्पद भएपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका – ३ भलानेटी निबासी २१ बर्षका दिवश दर्लामी मगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बरपालले जानकारी दिएका छन् ।

मंगलबार राति साढे ८ बजे १८ बर्षकी सावीत्रा दर्लामी मगर घरको भान्छा कोठामा झुण्डीएर आत्महत्या गरेको श्रीमानले बताए पनि अनुसन्धानका लागि भन्दै प्रहरीले दिवशलाई नियन्त्रणमा लिएको हो ।

श्रीमानले झुण्डीएको बताए पनि प्रहरी टोली पुग्दा पासो लगाएको चुन्नी फुकाएको अवस्थामा भेटिएकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डम्बरपालले जानकारी दिए ।

मृतकको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ, भने घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।