२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

रौतहटमा मात्रै थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट, 
१४ जेठ । रौतहटमा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले काठमाडौंमा गरिएको परीक्षणमा पोजितिभ देखिएको पुष्टि गरे ।

रौतहटको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् । त्यहाँ क्वारेन्टाइन नभएकाले उनीहरुलाई चन्द्रपुरमा राखिएको हो । त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार चारदिन भित्र जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । अहिले दिनहुँ भारतबाट जिल्लामा भित्रिनेहरुको संख्या सयको हाराहारीमा छ ।