२०७८ बैशाख २९ गते बुधवार
२०७८ बैशाख २९ गते बुधवार

दाङमा दुई ट्रक आपसमा ठोक्किदा ४ घाइते, २ को अवस्था गम्भीर

दाङ, 
१४ जेठ । दाङमा दूई ट्रक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ८ उसनी भन्ने स्थानमा विहान ७ बजे विपरित दिशा तर्फ गइरहेका दुई वटा ट्रक आपसमा ठोक्किदा दुबै ट्रकका चालक र सहचालक गरी चार जना घाइते भएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ, भने थप दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्वरको ट्रकका चालक रुपेन्देही जिल्लाको मायादेबी गाउँपालिका वडा नं. ४ का ३५ बर्षीय बड्डु धोबी र सोही ठाउँका सहचालक २५ बर्षीय सञ्तोष लोड गम्भीर घाइते भएका छन् ।

चालकलाई खुट्टा र टाउकोमा गहिरो चोट लागेको र उनीहरु दुबैजनालाई लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि भैरहवा रेफर गरिएको छ ।