२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, 
१४ जेठ । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा। संगीता मिश्राले जानकारी दिइन् ।

संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।

संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज हुँदैछन् ।