दाङ,
१४ जेठ। दाङका आज बुधवार एकै दिन १५ जनामा कोरोना संक्रमन देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । दाङको घोराही उपमहाननगरपालिका वडा नं १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नं १८ का ४ जना रहेका छन । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन ।
त्यसै गरेर लमही नगरपालिका वडा नं १ का २६ वर्षिय १ जना, वडा नं २ का १७, ३० वर्षका दुई जना वडा नं ४ एक जना, २६ वर्षिय पुरुष, वडा नं ५ का तीन जना २० वर्षका दुइ जना र २३ वषएको एक जना रहेका छन । यसमा २० वर्ष एक जना महिला पनि छन । वडा नं ६ का एक जना १८ वर्षिय रहेका छन । एक जना महिला सहित सबै १७ वर्ष देखि ३० वर्ष सम्मका रहेका छन ।
यसको पूर्ण विवरण संकलन भइसकेको र दिउँसो ४ बजे पछि मात्रै सार्वजनिक गरिने तयारी गरिएको छ । यसै गरेर रुकुम पूर्वका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । पुथा उत्तरगंगा वडा नं १४ र १५का तीनजनामा पोजेटिभ देखिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका उपकुलपति प्रा.डा. संगीता भण्डारीले दाङमा कोरोना सक्रमितहरुको संख्या बुधवार थपिएको बताइन ।