२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

रुकुम घटना : थप एक जनाको शव फेला, अझै २ बेपत्ता

रुकुम पश्चिम, 
१४ जेठ ।अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको सव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

लोकन्द्रको सव स्थानियले फेला पारेका हुन् । योसँगै मृतकको संख्या चार पुगेको छ । दुई जना अझै हराइरहेका छन् । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परेको थियो ।