काठमाडौं,
१४ जेठ । बुधबार एकै दिन देशभरका विभिन्न स्थानमा ११४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मात्रै देशका विभिन्न स्थानमा ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन्।
मन्त्रालयमा कोभिड १९ बारे भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले यो जानकारी दिएका हुन्। यो संख्या एकैदिन भेटिएका अहिलेसम्मको धेरै संक्रमितको संख्या हो। योसँगै देशभर संक्रमितको संख्या ८८६ पुगेको छ। मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका थिए।
भारतमा अड्किएका नेपाली दिनको हजारौँका दरले आउन थालेपछि कोरोना संक्रमित पनि तीव्रगतिमा बढेका हुन्। भारतले रेल सेवा सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सीमा क्षेत्रमा ल्याएर छाडिदिने गरेको छ।