२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

बाँकेमा एक वडा अध्यक्षलाई पनि कोरोना संक्रमण

बाँके,
१४ जेठ । बाँकेमा एक वडा अध्यक्षलाई कोरोना पुष्टि भएको छ ।

बुधबार साँझ थपिएका १६ जनामध्येमा वडाअध्यक्ष समेत रहेको स्रोतले जानकारी दिएको छ । ४० वर्षिय संक्रमित वडाअध्यक्ष भारतबाट आएका मानिसहरुको उद्दारदेखि व्यवस्थापनमा खटिएका थिए ।

उनी लकडाउनको कारण समस्यामा परेका नागरिकहरुलाई राहात बाँड्न समेत आफै खटिएका हुन् । उनी पत्रकारदेखि सुरक्षाकर्मीहरुसँग समेत घुलमिल रहेको स्रोतले जनाएको छ ।

बाँकेका जनप्रतिनिधीलाई पहिलोपटक कोरोना देखिएको हो ।