बबई,
१४ जेठ । रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै नेपाली कांग्रेस बबई गाउँपालिकाको वडा नंं ३ मा विरोध सभा सम्पन्न भएको छ ।
अन्तरजातिय विवाहको कारणले विभत्स ४ जनाको हत्यासहित २ जना अझै बेपत्ताको भएको र उक्त घटनाको दोषीलाई कारबाहीको माग राख्दै नेपाली कांग्रेस बबई गाउँपालिका वडा न ३ को आयोजनामा सामाजिक दुरी कायम राख्दै सो विरोध सभा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस वडा न ३ का सभापती प्रेम नेपालीको सभापतित्व तथा नेपाली कांग्रेस बबई गाऊँपालिका सभापती बल बहादुर बुढ़ाको प्रमुख आतिथ्यमा सभामा बोल्ने बक्ताहरूले दोषीमाथी कडा भन्दा कडा कारबाही र पीडीतलाई राहतको ब्यबस्था गर्न ध्यानाकर्षण गराएका थिए । यदि दोषीलाई कारबाही नभए कांग्रेस आदोलन माजाने पनि सो सभामा बताइको थियो ।
झुपलाल क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको सभा ट्रेड यूनियन कांग्रेसका जिल्ला उपसभापती पूर्ण केसीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो, भने कार्यक्रमको सञ्चालन बबई सिक्षक संघका डिल्ली सुनारले गरेका थिए ।