बाँके,
१४ जेठ । बाँकेमा आज रातीबाट अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
आजैबाट काम थालेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवांगको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले फैलँदो कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यसबाहेकका हिँड्डुल समेत रोक्ने गरि जिल्लाभरिनै निषेधित क्षेत्र घोषणा गरेको हो ।
आज राती १० बजेदेखि बाँके जिल्ला पुरै निषेधित क्षेत्रका रुपमा रहनेछ ।