२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

चट्याङबाट प्युठानमा एकको मृत्यु, एक गम्भीर घाइते

प्यूठान,  
१५ जेठ । बुधबार दिउँसो अन्दाजी साढे तीन बजेतिर परेको चट्याङ लागि प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ६ धाराटोलका ११ बर्षिय दिपक सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

स्थानिय टेकबहादुर कामीको आगनमा परेको चट्याङबाट घाइते भएका सुनारको उपचारको लागि लिबाङ स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको कार्कीले बताए ।

मृतक सुनारसँगै चट्याङमा परी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका २५ बर्षिय सुरेश बिकलाई उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल प्युठान पठाइएको कार्कीले जानकारी दिए ।