२०७८ भाद्र १७ गते बिहिवार
२०७८ भाद्र १७ गते बिहिवार

सबैले गणतन्त्रको अनुभूति गर्न पाउनु पर्छ – कीर्तिबहादुर खड्का

दाङ,  
१५ जेठ । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।परिवर्तनको पक्षमा उभिएका सबै नागरिकमा शुभकामना दिदै सभापति खड्काले परिवर्तनको अनुभूति सबै देशबासीले समान रुपमा गर्न पाउनुपर्ने उल्लेख गरेका छन् ।

‘गणतन्त्रका पहुँच वाला र टाठा बाठाको लागि मात्रै हैन,’ खड्काले भने ‘सबै भूगोलका, निम्न वर्ग र जातजातीका लागि समान रुपमा अनुभूत गर्न पाउनु पर्छ ।’ नेपाली कांग्रेस त्यसैको पक्षमा अनवरत संघर्षरत रहेको उनले बताए । कांग्रेसको २००७ सालदेखिको लडाई त्यसैका लागि हुँदै आएको भएपनि विभिन्न कालखण्डमा लोकतन्त्रमाथि षड्यन्त्र हुँदै आएको हुँदा सजग रहनुपर्ने समय आएको उनले बताएका छन् ।