२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

बेलझुण्डी अस्पतालमा ४० संक्रमित, आइसोलेसन बेड भरिदै

दाङ,  
१५ जेठ । दाङ तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालमा ४० जना कोरोना संक्रमितलाई राखिएको छ ।

विहीवार बेलुकासम्म रुकुम पूर्वका थप ३ जना संक्रमित आइपुग्ने छन् । त्यो सहित बेलझुण्डीमा संक्रमितको संख्या ४३ पुग्ने भएको छ । बेलझुण्डीमा खटिएका एक स्वास्थ्यका कर्मचारी द्रोर्ण वलीका अनुसार दाङका १८, बाँकेका ८, बर्दियाका ५ , कपिलबस्तुका ६ र रुपन्देहीका ३ तीन जनालाई राखेर उपचार भइरहेको छ ।

प्रदेश कारोना अस्पताल बेलझुण्डीमा १०० आइसोलेसन बेडहरु छन् । तर त्यहाँ ५० जना भन्दा बढीलाई राख्न नमिल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘१०० बेड क्षमता भनिएपनि संक्रमितलाई राउन्डिङमा राख्नुपर्ने हुँदा ५० जना भन्दा बढी राख्न मिल्दैन,’ वलीले भने ‘ विहीवार बेलुका सम्म ४३ जना पुगे अब ७ जना भन्दा बढी राख्न संभव हुँदैन ।’ तर उपचार गराइरहेका मध्य कोही निको भएर घर गएमा भने सहज हुने उनले बताए ।