काठमाडौं,
१५ जेठ । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।