२०७७ मङ्सिर २० गते शनिवार
२०७७ मङ्सिर २० गते शनिवार

रुकुम घटनाको विरुद्ध तुलसीपुरमा शान्ति समाजको प्रर्दशन

तुलसीपुर, 
१५ जेठ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले रुकुम पश्चिम लगायत देशका विभिन्न भागमा घटेका जातियविभेद÷हिंसाका घटना बिरुद्ध विहीवार तुलसीपुरमा प्रर्दशन गरेको छ ।समाजले तुलसीपुरको बीपी चोकमा गरेको बिरोध सभालाईसमाजका केन्द्रिय महासचिब सुशील बस्नेतले जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोती घटनाका सम्बन्धमा उच्च स्तरीयछानबिन समिति गठन गर्न माग गरे ।

पाँच जना युवाहरुको मृत्यु भएको र एक जनाको स्थिति अझै अज्ञात रहेको परिस्थितिमा लखेटी लेखेटी कुटपिट भएको अमानवियघटनाको उनले निन्दा गरेका थिए । बिरोध सभामा दलित अगुवा देवराज बिश्वकर्मा र जोगेन्द्र बिश्वकर्माले सोती घटनाको संसदीय उच्चस्तरीय छानबिन समिति गठन गरि कारर्बाही गर्न माग गरेका छन् ।

उनीहरुले घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुनी कारबाही गर्न माग गरेका छन् । शान्ति समाजका पूर्ब केन्द्रिय सदस्य निर्मल नेपालीले दण्डहिनताको निरन्तरता र कहालि लाग्दो सिलसिला दोहएको प्रति चिन्ता जाहेर गरे । शान्ति समाज दाङका संस्थापकसभापति डिल्लीराज धितालले घटनाका दोषीहरु मथि कारबाही र पीडितलाई न्याय दिन माग गरे ।

दलित महिला अधिकारकर्मी युवा कराराले दलित भएकै कारण देशका बिभिन्न स्थानमाहत्या, बलात्कार, अपहेलित हुने स्थिति देखापरेको भन्दै तत्काल राज्य त्यो रोक्न गम्भीर भएर लाग्नुपर्ने बताइन । रुकुमको घटनाले गणतन्त्रिक व्यवस्थाको धज्जी उडाएको उनको भनाई थियो । पत्रकार बालाराम खड्काले उच्चस्तरिय समिति गठन गरि दोषीहरुलाई कानुन कारबाही गर्न तथा पिडितहरुलाई न्यायदिन माग गरे ।

समाजका शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको बिरोध सभाको सहजिकरण सचिब निर्मला डाँगी योगीले गरेकी हुन । घटनाको विरोधमा बिभिन्न १४ वटा संघ संस्था सम्मेलित दलित नागरिक समाजले चरण बद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

समाजले मृत फेला परेका युवाहरुको फोटो सहित चोक चोकमा ब्यानर पोष्टर राख्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङ मार्फतगृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, प्रतिनिधिसभा र राष्ट्रिय सभाको सचिवालय, जाजरकोट र रुकुम पश्चिमको जिल्ला प्रशासनकायाृलयमा ज्ञापन पत्र पठाउने जस्ता निर्णय सार्वजनिक गरेको छ । शान्ति पूर्णरुपमा भौतिक दुरी कायम गर्दै मौन जुलुस, अनसनलगायत बिरोध कार्यक्रम उस्ले सार्वजनिक गरेको छ ।