२०७८ कार्तिक ५ गते शुक्रवार
२०७८ कार्तिक ५ गते शुक्रवार

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो

काठमाडौं, 
१५ जेठ । नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना भाइरसको पुष्टि भएको हो।

भुमिकास्थान ९ का वडाध्यक्ष नारायणप्रसाद खनालले ती युवामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले खबर गरेको जानकारी दिए। ती युवकको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो।

आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव भने अन्त्येष्टि गरिसकेको छ। ‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको शव चार दिनअघि नै गाडिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ उनले भनेको खबर सेतोपाटीमा प्रकाशित छ।