२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

एकैदिन १७१ जनामा कोरोना पुष्टि, संक्रमित १ हजार १९८ पुगे

काठमाडौं, 
१६ जेठ । नेपालमा बिहिबार मात्रै एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् ।

बिहीबार झापामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म ५ जनाको कोरोनाले मृत्यु भएको छ भने १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार भारतबाट आउँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । तर, सरकारले कोरोनाकै कारण मृत्यु भएको घोषणा गरिसकेको छैन ।