२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

१० बर्षीय बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ

शान्तिनगर, 
१६ जेठ । बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम दाङबाट एक वृद्ध पक्राउ परेका छन् ।

१० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

प्रहरीले चौधरीलाई बिहिबार पक्राउ गरेको थियो । घटना १३ गते बेलुका भएपनि प्रहरीले भने ढिला खबर पाएको जनाएको छ । आरोपीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा ईलाका प्रहरी कार्यालय तुलसीपुरले चलाउने छ ।