२०७९ चैत्र १ गते बुधवार
२०७९ चैत्र १ गते बुधवार

पंचकुले–चरकमटिया सडक निमार्ण कार्य तिब्र

बबई, 
१६ जेठ । पश्चिम दाङको बबई गाउँपालिकाको वडा नं. ६ मा पर्ने पंचकुले–चरकमटिया सडक निमार्ण कार्यलाई तिब्र पारिएको छ ।

पंचकुले देखि दामोदर मार्ग जोड्ने ४ किलोमिटर पक्की सडक बनाउने काम सुरु गरिएको वडा नं. ६ का अध्यक्ष रामबहादुर डाँगीले जानकारी दिए । गाउँपालिकाको निरन्तर बजेट मार्फत निर्माण सुरु गरिएको सो सडकखण्ड यस आ.ब मा १४ सय मिटर पक्की गर्ने कार्यक्रम रहेको छ ।

यस आर्थिक वर्षमा १ करोड बजेट यस सडक निर्माणको लागि छुट्याइएको र उक्त बजेटले १४ सय मिटर सडक निर्माण सम्पन्न हुनेछ । बाँकी काम आउँदो आ.ब मा निरन्तर रुपमा हुँदै जाने पनि अध्यक्ष डाँगीले बताए ।